एकै दिन मरे दुई गैंडा



काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा दुईवटा गैंडा मरेका छन् । मंगलबार निकुञ्जको तमासपुर क्षेत्रमा एउटा र अर्को एक गैंडा सुखीभार क्षेत्र नजिकै मृतावस्थामा फेला परेको हो ।

तमासपुर क्षेत्रमा फेला परेको गैंडा १८/२० वर्षको पोथी गैंडा र सुखीभार क्षेत्रमा फेला परेको गैंडा ३० वर्षको पोथी हो ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

यी सँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको संख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

प्रतिक्रिया दिनुहोस्