फागुन १७ गते प्रियंका र आयुष्मानको विवाह



काठमाडौं : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह फागुन १७ गते हुने भएको छ। प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेको करिब डेढ वर्षपछि विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । केहि दिन अगाडी प्रियंका साथीहरुसँग ब्याचलर पार्टी गर्न थाइल्यान्ड पुगेकी थिइन् । प्रियंकाको यो दोस्रो विवाह हो ।

प्रतिक्रिया दिनुहोस्