पत्रकार कुटपिट प्रकरण : एक पक्राउ, तीन फरार



जनकपुरधाम : समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानगरपालिकामा सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहार एवं कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गत पुस २२ गते जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयरको कार्यकक्षमा पत्रकारहरुमाथि भएको दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले होटल व्यवसायी धर्मेन्द्र साहलाइ पक्राउ गरेको हो ।

आईतवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विषेश टोलिले साहलाई उनको शिवचोकस्थित होटल रूफटफबाट पक्राउ गरेको छ ।

जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयर साहकै कार्यकक्षमा हातपात हुँदा सञ्चारकर्मीहरु अमरकान्त ठाकुर,सुभाष कर्ण,सुमित मिश्र र राजा झा घाइते भएका थिए ।

घटनामा संलग्न रहेका मध्ये अझै तीनजना फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्