चीनले १० दिनमा बनायो दोस्रो अस्पताल, उपचारको जिम्मा जनमुक्ति सेनालाई



काठमाडौं : चीन सरकारले जनमुक्ति सेनालाई कोरोनाभाइरसको प्रकोप नियन्त्रणको जिम्मेवारी दिएको छ ।

सोमबार सरकारले १० दिनभित्र निर्माण गरेको अस्पताल जनमुक्ति सेनालाई हस्तान्तरण गर्दै उपचारको जिम्मेवारी दिएको हो ।

भइरसले महामारीको रुप लिएपछि संक्रमणका कारण बिहान सम्ममा ३६२ जनाको मृत्यु भएको र संक्रमित हुनेको संख्या १७,४०८ पुगेको छ भने २,२९८ को अवस्था गम्भीर रहेका छन् ।

संक्रमणका कारण चीनमा आइतबार मात्रै ५७ जनाको मृत्यु भएको थियो । शनिबार मृत्यु हुनेको संख्या ४५ थियो भने त्यही दिन भेटिएका संक्रमितहरुको संख्या २,५९० थियो ।

साउथ चाइना मोर्निङ पोष्टका अनुसार आइतबार त्यो संख्या बढेर २,८२९ पुगेको थियो । उपचारको जिम्मेवारी पाएको सेनाले तदारुकताका साथ काम अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्