पेट्रोलको मूल्य घट्यो, ग्यासको बढ्यो



काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भने ग्यासको मूल्य बढेको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्‍याएको निगमले जनाएको छ ।

हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्