नेपालका ६२ कर्मचारीलाई भारत सरकारको तालिम



काठमाडौ : भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC)  अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई तालिम दिइएको छ । नेपालको अर्थ मन्त्रालयको सिफारिसमा कर्मचारीहरुलाई तालिमको व्यवस्था मिलाइएको काठमाडौ स्थित भारतीय दूतावासले विज्ञिप्तमार्फत जनाएको छ ।

विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि लगायतका विषयमा तालिमा दिइएको बताइएको छ ।    त्यसैगरी पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषय विश्वव्यापी अभ्यासबारे सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । तालिम सोमबारदेखि नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा सुरु भएको हो। 

भारत सरकारले ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC) अन्तर्गत मित्र राष्ट्रका कर्मचारीहरुलाई तालिम दिँदै आएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्