डेढ लाख घुससहित भन्सार कार्यालय जनकपुरका कर्मचारी पक्राउ



जनकपुर : भन्सार कार्यालय जनकपुरका एक कर्मचारी सोमबार साँझ घुस सहित रंगेहात पक्राउ परेका छन् ।

भन्सार कार्यालय जनकपुरका नायव सुब्बा अहमद रजा अन्सारीलाई घुससहित पक्राउ गरिएको हो ।

अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट घटेको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्