बुद्धिबंगारा के हो ? किन दुख्छ बुद्धिबंगारा ?



काठमाडाै‌ं: सबैभन्दा ढिलो आउने दाँत बुद्धिबंगारा हो। सामान्यतया यो दाँत १८ देखि २५ वर्षको उमेरभित्र आउने गर्छ। कसैकसैलाई अझ ढिलो पनि आउन सक्छ। आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भाग आजभोली झन् सानो हुँदै गएको छ।

यसले खाना चपाउन कुनै सहयोग गर्दैन। पश्चिम मुलुकतिर बुद्धि बंगारा दुख्ने वित्तिकै फाल्ने गरिन्छ। बुद्धिबंगारा दुख्दा नेपालमा भने खपेर बस्ने चलन छ।  नेपालमा त यो आउनुलाई बुद्धि आएको रुपमा पनि व्याख्या गरिन्छ। तर, यो अनावश्यक दाँतको कुनै काम छैन। यसको काम व्यक्तिलाई दुःख दिने मात्र हो।

बुद्धिबंगारा एकैपटकमा आउँदैन। पटक पटकमा थोरै थोरै गर्दै आउँछ। यसैले लामो समयसम्म दुःख दिने गर्छ। यो आउने ठाउँ नै थोरै हने भएकाले मासु फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ। बुद्धिबंगारा आउँदै गर्दा वरिपरीको मासुको भाग छेडेको हुन्छ। यस्तो अबस्थामा इन्फेक्सन हुनसक्छ। इन्फेक्सन भएमा दुखाई अझ बढ्छ। नयाँ पत्रिकामा खवर छ।

प्रतिक्रिया दिनुहोस्