हजारौँको अगाडि मेयरको हत्या, हत्याको विरोधमा प्रदर्शन



 पोल्याण्ड: पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । 

‘उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने । मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्