कानुनी अधिकार विपरित प्रदेश र स्थानीय तहमा मनपरी बिदा



काठमाडाै‌: कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने कानुनी अधिकार छैन। तर, मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक विदा सार्वजनिक गरेका छन्।

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह जेलबाट छुटेको भन्दै नगरपालिकाले पुस १५ मा बिदा घोषणा गर्यो। तर सर्वत्र विरोध भएपछि भने बिदा कटौती गरियो।

प्रदेश ५ ले पनि माघेसंक्रान्तिका अवसरमा माघ १ र २ गते बिदा घोषणा गर्यो। १७ पुसमा बसेको मन्त्रीपरिषद बैठकले प्रदेश ५ मा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

कर्णाली प्रदेशले पनि माघेसंक्रान्तिमा बिदा दियो। मंसिर ३ मा हरिबोधनी एकादशीको अवसरमा भक्तपुरको चागुनारायण नगरपालिकाले बिदा दियो।

संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले मनपरी विदा दिने प्रवृत्तिले सेवा प्रवाहमा असर परेको भन्दै मनपरी बिदा दिने गलत अभ्यासलाई रोक्नुपर्ने बताएका अन्नपूर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्