काठमाडौं : भुटान जाने भारतीय नागरिकहरुको लागि निःशुल्क प्रवेश बन्द हुने भएको छ । भुटान सरकारले भारतलगायत बंगलादेश र माल्दिभ्सको स्वतन्त्र प्रवेश रोक्ने निर्णय गरेको छ । अब तीनै देशबाट भूटान जाने यात्रुहरूले प्रति दिन १२ सय तिर्नुपर्ने हुन्छ ।
भुटान सरकारले भारतलगायत बंगलादेश र माल्दिभ्सका नागरिकहरुलाई लगाएको यस चार्जलाई सस्टेनेबल डेवलपमेन्ट फी (एसडीएफ) भनेर नामाकरण गरेको छ । विदेशीहरुलाई यो शुल्क जुलाई २०२० देखि लागू हुनेछ ।
भुटानको नेश्नल एसेम्बलीले गत मंगलबार ‘भुटानको पर्यटन शुल्क र छुट बिल, २०२०’ पारित गरेको थियो ।
यो शुल्क भारत, बंगलादेश र माल्दिभ्सका नागरिकहरुबाट लिइएको शुल्क अन्य देशका नागरिकहरुमा लागू हुने शुल्कभन्दा कम छ । भुटान जाने विदेशी नागरिकहरुले प्रति दिन करिब १७ हजार तिर्नुपर्छ ।
अधिकांश भारतीय नागरिक भूटानको पश्चिमी भागमा घुम्न जान रुचाउँछन् । त्यसकारण भुटान सरकारले पूर्वी भागको प्रवद्र्धन गर्न यहाँ एसडीएफ चार्ज कम गरेको हो । यो शुल्क ५ वर्षभन्दा मुनिका बच्चाहरुमा लागि भने लागू हुने छैन । जबकि ६–१२ वर्षका बच्चाहरूको प्रवेशका लागि ६ सय मात्र तिर्नुपर्ने हुन्छ ।