तेल बजार सामान्य बन्नेमा ‘आशावादी’ छाैं : साउदी अरब



अबुधाबी: तेलको उत्पादन र बजार सन्तुलनका विषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जामन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन। तेल उत्पादक मुलुकहरूले तेलकाे खस्किँदो मूल्यलाई मध्येनजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताएका हुन्।

तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पुर्‍याउने बताएपछि तेलको आपूर्तिमा कमी आउनसक्ने अनुमान बढिरहेकाे समयमा साउदी अरबका उर्जामन्त्रीको उक्त भनाइ आएको हो।

कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो। तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ। तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो।

ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागू हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै ८ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो। अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो।

फालिहले साप्ताहिक पत्रकार सम्मेलनमा भने, 'म विश्वस्त छु, हामीले कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौति गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने छ। हामी केही समयमै मजबुत बन्नेछौँ।' उनले भने, 'तर, यहाँ सधैँ तेल उत्पादनमा कटौति र यसको बजारमा पुग्ने प्रभावबारे हुने निर्णयले चर्चा लिने गर्छ, म विश्वस्त छु केही हप्तामा बजारको अवस्था सामान्य बन्नेछ र पूरानै अवस्थामा आउने छ।' 

प्रतिक्रिया दिनुहोस्