कर्मचारी समायाेजन फारम भर्ने आज अन्तिम दिन



काठमाण्डाैं: संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन कर्मचारीलाई अनलाइन फारम भर्न दिएको समय आज सकिँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समयसीमा तोकेर समायोजन हुन अनलाइन फारम भर्न दिएको समय आज सकिन लागेको हो ।

समायोजनमा जान आज राति १२ बजेसम्म अनलाइन फारम भर्न सकिनेछ । अहिलेसम्म ७० हजार भन्दा धेरै कर्मचारीले फारम भरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  आज बेलुकीसम्ममा सवैले फारम भरिसक्ने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्