महायज्ञबाट रङ्गशालालाई ३५ करोड


चितवन : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी ३५ करोड बढी संकलन भएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप २० करोड संकलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई ५५ करोड संकलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक संकलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् ।

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ । यसैगरी जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले १ करोड बराबर सहयोग गर्ने जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले १ करोड १२ लाख बराबरको जग्गा दान गरेका छन् । पोल्ट्री व्यवसायीहरुले १ करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, उद्योग संक चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसंघलगायतका संघ संस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरेका हुन् । जसले अरूलाई पनि उत्साहित बनाएको छ । जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शंकर कँडेलले बताए ।

उनले भने, “भरतपुर महानगरभित्रका धेरैले धेर थोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।” जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम संकलन भएको उनले जानकारी दिए । नगदसँगै हालसम्म ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत संकलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताए ।

महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेनु दाहालले चितवनवासी मात्रै नभएर धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञ मार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताए ।

उनले रङ्गशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल हुने बताए । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब २ अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ

काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन