तेस्रो पटक प्रदेशसभा अवरोध : विधेयक पेश हुन पाएन


विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आज (सोमबार) को बैठक पनि स्थगन भएको छ ।

झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा कांग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाएनन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,