सामाजिक रुपान्तरणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा पछाडी पारिएका महिलाहरुलाई मुलधारमा ल्याउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मुलधार महिला सेवा केन्द्र उदयपुरले आयोजना गरेको कार्यक्रममा दोस्रो राष्ट्रिय बेटी सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताए ।

उनले भने,‘महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध छ र सरकारले ल्याएका योजनाहरुबाट केही वर्ष भित्रै प्रदेश २ का महिलाहरु सशक्त रुपमा अगाडी आउने छन् ।’
कार्यक्रममा वीरगञ्जकी एसिड पिडित बालिका मुस्कान खातुनलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्