देखिने गरी कृषिमा काम हुन्छ : मन्त्री भुसाल



रुपन्देही : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् ।

लुम्बिनी प्रेस क्लब भवनको भैरहवामा शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्छ भने ।

विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुने गरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताउँदै भने, “मैले अध्ययन गरिरहेको छु । म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझे । केही दिनमा देखिने गरी कामको शुरुआत हुन्छ ।”

सो अवसरमा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्व सदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताए । क्लबले १२ धुर जग्गामा चारतले अपाङ्ग मैत्री भवन बनाउने अध्यक्ष दीपेश पछाईंले बताए । रासस

प्रतिक्रिया दिनुहोस्