यथार्थ जानकारी दिन आयोगको आग्रह



काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ जना नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई नि : शुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गरेको प्रेस विज्ञप्तिमा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएका तथा घाइते भएकाको प्रभावकारी रूपमा नि : शुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

आयोगले घटनाका सम्बन्धमा यथार्थ जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्