चोभारमा बन्दरगाह निर्माणको विरोधमा प्रदर्शन, केही पक्राउ



काठमाडौं : आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने भन्दै चोभारबासी आन्दोलित भएका छन् । चोभार संरक्षण समितिको अगुवाइमा आज विरोध प्रदर्शन भएको छ । 

हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता विपरीत काम अघि बढाइएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । 

आज सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ । तर, स्थानीयले भने शिलान्यासअघि आफ्ना माग पुरा गर्नुपर्ने सर्त राखेका छन् । 

स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम निर्धारित कार्यक्रममा सुरु हुन सकेको छैन । प्रहरी हस्तक्षेपका बीच स्थानीयको आन्दोलन जारी छ भने चोभार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्