महराविरुद्धको मुद्दामा बहस सकियो, फैसला सोमबार हुने



काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख सकिए पनि फैसला भने सोमबारमा मात्र हुने भएको छ।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले अध्ययन गर्न समय अभाव भएकाले फैसाला आइतबार गर्न नसिकएको बताएका हुन् ।

आइतबार मा महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुनेछ ।

सो मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गर्नेछ।

यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

गत असोज १९ गते पक्राउ परेका महराविरुद्ध अनुसन्धानपछि बलात्कार प्रयास गरेको मुद्दा दर्ता भएको थियो । उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्