डा. केसीको स्वास्थ्य बिग्रियो, नाइट भिजन हेलिकप्टरमार्फत् काठमाडौं ल्याउने तयारी



इलाम : इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । 

सेनाको नाइट भिजन हेलिकप्टरमार्फत् केसीलाई काठमाडौं पठाउने विषयमा छलफल भइरहेको उनका सहयोगी धर्म गौतमले जनाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारीले यस विषयमा पहल गरिरहेको गौतमको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिमल्सिनाका अनुसार इलाममा सेनाको हेलिकप्टर ल्याउने तयारी भइरहेको छ । त्यो सम्भव नभए झापाको भद्रपुरसम्म एम्बुलेन्समा लगेर त्यहाँबाट काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए । 

यसैबीच, बिहीबार दिउँसो इलाम पुगेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतको टोलीले डा केसीलाई भेटेको छ । 

स्वास्थ्य अवस्था नाजुक भएको भन्दै दिउँसो चिकित्सकले भेट्न नदिएपछि टोलीले साँझ मात्रै केसीलाई भेटेको हो । 

प्रतिक्रिया दिनुहोस्