प्रदेशसभा सदस्य पक्राउ गर्ने एसएसपी कार्की सम्मानित



पोखरा : गण्डकी प्रदेश सरकारले उत्कृष्ट काम गर्ने राष्ट्रसेवकहरुलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत मध्य कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की समेत रहेका छन् उनले कास्की प्रहरी प्रमुखको जिम्मेवारी पाएसँगै कास्की आएसँगै चुस्त र दुरुस्त सेवा प्रदान गर्दै आईरहेका छन् ।

केही समयअघि मात्रै प्रदेशसभासदस्य दिपक मनाङेले एन्फा अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेपछि चलेको मुद्धामा दुबैलाई पक्राउ गरेका थिए । त्यसबेला उनको चर्चा ब्यापक चलेको थियो ।
नेपाल प्रहरीमा कार्की व्यवसायिक छवी भएको ब्यक्तित्वका रुपमा चिनिन्छन् ।

गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पचास हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।

उनीसँगै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक (डीएसपी)कृष्णबहादुर कार्कीसमेत गण्डकी प्रदेश सरकारबाट पुरस्कृत भएका छन् । उनले पनि पचास हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रदेश सरकारबाट पुरस्कृत हुनेहरुको नामावली हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्