कोरोनाभाइरसबाट चीनमा मात्र १७ सय ७० जनाको मृत्यु, ७० हजार बढी संक्रमित



काठमाडौं : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसबाट आज (सोमबार)मात्र १ सय ५ जनाको मृत्यु भएको छ भने आजसम्म १७ सय ७० जनाको मृत्यु भएको छ । साथै १ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ ।

चीनमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

संक्रमितमध्ये १ हजार ६ सय ९० जना हुवेई प्रान्तको राजधानी वुहानमा नै रहेका छन् ।

हुवेईको स्वास्थ्य आयोगका अनुसार हुवेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ जना र संक्रमितको संख्या ५८ हजार १८ सय २२ जना रहेका छन् ।

चीनसमेत विश्वभर गरी कोरोनाभाइरस संक्रमणका कारण सोमबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्