‘क्विन अफ कात्वे’ की अभिनेत्रीको १५ वर्षको उमेरमा निधन



एजेन्सी : युगाण्डाकी अभिनेत्री निकिता पर्ल वालिग्वाको निधन भएको छ । उनको १५ वर्षको उमेरमै ब्रेन ट्युमरको कारण निधन भएको हो ।

उनले लोकप्रिय फिल्म ‘क्विन अफ कात्वे’मा महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।

२०१६ मा बनेको विश्वचर्चित फिल्म ‘क्विन अफ कात्वे’मा निकिताले मुख्य पात्रको साथी बनेर अभिनय गरेकी थिइन् ।

जुन फिल्म युगान्डामा स्कुल जान छाडेर नियमित चेस खेल्ने स्थानीय बालबालिकाहरुको जीवनशैलीमा केन्द्रित छ । उक्त फिल्म मिरा नाइरले निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्