बुटवलमा किशोरीमाथि सामूहिक बलात्कार, तीन युवक पक्राउ



बुटवल : बुटवलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गाउँमा आयोजित महायज्ञमा गएका बेला १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

बुटवलको सम्मरीमाई गाउँपालिका वडा नं.३ स्थित ३ जना युवाहरुले सामूहिक करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

ती युवाले बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्‍याइ बलात्कार गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका अनुसार ३ जना युवाबाट किशोरी बलात्कृत भएको उजुरीका आधारमा रुपन्देही जिल्लाको भिम अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएको छ ।

हिजो (आइतबार) राति करिब ११ः३० बजेको समयमा गाउँका युवाहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडित किशोरीले दिएको जाहेरीपछि अनुसन्धान शुरु गरिएको प्रहरीको प्रहरीको भनाइ छ । किशोरीलाई बलात्कार गरेको आरोपीत प्रहरी ३ जना युवालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्