सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट



धनगढी : मुख्यमन्त्री चिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएको छन् ।

आज बैलालीको चुरे गाउँपालिका-६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै उनले दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको २ वर्षको समीक्षा गर्दा सन्तोष जनक रहेको बताए । प्रदेश सरकारले संघीयताको जग बलियो बनाउने काम गरेको बताए । २ वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको उनले दाबी गरे ।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उनले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताए । प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उनको भनाइ छ । कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उनले स्वीकार गरे । रासस

प्रतिक्रिया दिनुहोस्