म‌ंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने



मलेसियामा जारी विश्वकप टी-२० छनोट क्रिकेटमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।

 

समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल मंगलबारको खेल पनि अाफ्नाे पक्षमा पार्ने दाउमा छ । जारी प्रतियाेगितामा भुटानले एक खेल मात्रै जितेको छ ।

 

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनाेटका लागि जानेछन् ।

 

पहिलाे खेलमा म्यानमार र दाेस्राे खेलमा मलेसियामाथि नेपालले ८ विकेटकाे जित निकालेकाे थियाे । तेस्राे खेलमा थाइल्याण्डलार्इ १४० रनले पाखा लगाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्