आईजीपी ज्ञवालीले पूर्वआईजीपी खनालका घुुमुवाहरु हटाए, बदनाम प्रहरीमाथि छानविन हुँदै



काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)सर्वेन्द्र खनाल गत माघ २९ गते ३० वर्षे सेवा हदका कारण अवकाश पाएलगत्तै उनले खटाएको घुमुवाहरुलाई त्यहाँबाट हटाएको छ । नयाँ आईजीपीमा ठाकुर ज्ञवाली आएसँगै खनालले खटाएका विवादास्पद घुमुवा प्रहरीलाई त्यहाँबाट हटाएको हो ।

खनालले तराईका विभिन्न जिल्लामा घुमुवा प्रहरी परिचालन गरेका थिए । नयाँ आईजीपी ज्ञवाली आएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई त्यहाँबाट हटाएको हो ।

खनालले तराईका जिल्लामा करिब एक दर्जन घुमुवा खटाएका थिए । यसरी खटाईएका मध्ये केडी साह, विनोद साह र सत्यनारायण मिश्र लगायतलाई फिर्ता बोलाएको छ । उनीहरु विप्लव नेता कुमार पौडेल हत्या आरोप लागेका व्यक्ति हुन् । उनीहरुलाई सरकारले पक्राउ गर्नको लागि पत्राचार समेत गरेको छ ।

खनालको कार्यकालमा विवादास्पद रहेको प्रहरीलाई नयाँ आईजीपी ज्ञवाली आउनासाथ कारबाहीको तयारी गरेको छ । यसै मेसोमा विवादास्पद सई विजय यादवमाथि छानबिन शुरु भएको श्रोतले बताएको छ ।

आईजीपीमा ज्ञवाली आएसँगै प्रहरीमा शुद्धीकरण अभियानअन्तर्गत पहिलो कामका रुपमा यसरी विवादास्पद प्रहरीलाई कारबाही हुन थालनी गरेका हुन् । उनी प्रहरीभित्र विभिन्न पदमा रहेर काम गर्दा दक्ष तथा व्यवसायिक रुपमा काम गर्दै आएका व्यक्तिको रुपमा चिनिन्छन् । उनी आईजीपी नियुक्त भएपछि प्रहरीभित्र ‘गुड पुलिसिङ’को थालनी गर्ने कुरामा सबैले अपेक्षा गरेका थिए । त्यसैअनुसार आईजीपी ज्ञवालीले काम पनि गरिरहेका छन् । त्यस्तै निवासमा बसेर पत्रकारको कल डिटेल हेर्ने र इन्सपेक्टर राजेश पुरी लगायतका प्रहरी समेत छानबिनमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्