२ विधेयक विधायन व्यवस्थापन समितिमा


काठमाडौं : राष्ट्रियसभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आजको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तम्बाहाङ्फेले तथा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई अर्थमन्त्री डा.युवराज खतिवडाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘पारमाणविक विधेयक, २०७५’लाई टेबल गरेका थिए । बैठकको शुरुमा भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रिपरिषद पुन : गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७५ : ७६ लाई सभासमक्ष पेश भएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट कानूनमन्त्री तुम्बाहाङ्फेले उक्त प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका