बिन्दवासिनी गाउँपालिकाको प्रशासकिय अधिकृतमाथि दुरव्यवहार



वीरगन्ज : पर्साको बिन्दवासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारमाथि द्रुव्यवहार भएको छ ।

गाउँकार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले अधिकृत रौनियारलाई दुरव्यवहार गर्नुको साथै हातपात गरेका छन् । बोर्ड बैठकको षियलाई लिएर वडाध्यक्षले गाली गलौज गर्दै दुव्र्यवहार गरेको अधिकृत रौनियारले बताए ।

अधिकृत रौनियारले भने, “आइतबार बोर्ड बैठक बसेको थियो, उंहाले सो बोर्ड बैठकमा सहभागि हुनु भएको थिएन । तर एक्कासी बुधबार कार्यालयमा आएर गाली गलौज गर्दै कुटपिट गर्ने धम्की समेत दिनु भएको छ ।” घटनाबारे आफुले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई समेत मौखिक जानकारी गराएको उनले बताए ।

दुरव्यवहार गरेको आरोप लागेका वडाध्यक्ष अहिरले अधिकृत रौनियार माथि हातपात नगरेको प्रतिक्रिया दिएका छन् । उनले भने वोर्ड बैठकको विषयलाइ लिएर समान्य भनाभन मात्र भएको हो । आइतबारको बोर्ड बैठकको विषयमा आफुसहित ५ जना वोर्ड सदस्यलाई जानकारी गराइएको थिएन । न कसैले सहभागीबारे चिठी नै दिए । त्यही विषयमा प्रमुख प्रशासकिय अधिकृत रौनियारसँग सोधपुछ गर्न पुग्दा भनाभन मात्र भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्