साधारणबाट बोल्ड कियरा



एजेन्सी : बलिउड नायिका कियरा आडवाणीको क्रेज बढ्दो छ । चलचित्र कविर सिंह र गुड न्यूज सफल भएपछि उनको क्रेज चुलिएको हो । दुई चलचित्रमा नै साधारण यूवतीको भूमिकामा देखिएकी कियराको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।

हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । उनले गराएको टपलेस फोटो अहिले भाइरल भैरहेको हो । आफ्नो गोप्य अंगलाई पातले छोपेर उनले फोटोसुट गराएकी छिन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट छ । फोटोमा नकारात्मक र सकारातमक दुबै खालका प्रतिक्रिया आइरहेका छन् भने कबिर सिंह फिल्मका नायक शाहिद कपुरलाई जोडेर कतिले मेमे पनि बनाउन भ्याएका छन् ।

सुरुवाती दिनमा बलिउडमा साधारण शैलीमा हिड्ने कियरा अहिले बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्