माग सम्बोधन गर्न लिखित प्रतिवद्धता भएपछि लक्ष्मण थारुले तोडे अनसन



धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन तोडेका छन् ।

थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्नेलगायतका माग राख्दै संयोजक थारुले फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थिए ।

उनको स्वास्थ्य अवस्था कमजोर भएपछि प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । स्थानीय राजनीतिक दलहरुले माग सम्बोधनका लागि लिखित प्रतिवद्धता जनाएपछि उनी आज आठौं दिन अनसन तोड्न सहमत भए । लगतै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाए अनसन तोडाएका छन् ।

तर थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषित सबै आन्दोलनका कार्यक्रमहरु यथावत जारी नै रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्