सामाजिक सांस्कृतिक रुपान्तरणमा युवा



भैरहवा : युवा परिचालन वर्ष २०७६/७७ का अवसरमा रुपन्देही जिल्लाका युवाहरुको भेला सम्पन्न भएको छ ।
युवाहरु सामाजिक सांस्कृतिक रुपान्तरणमा लाग्नु पर्ने सन्देशका साथ राष्ट्रिय युवा परिषद र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा र जिल्ला युवा समिति रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा युवाहरुले राष्ट्रिय युवा परिषदले युवाहरुलाई अधिकतम मात्रामा रोजगारका अवसर दिनुपर्ने माग गरे ।

उनीहरुले बिदेशीएको शक्तिलाई नेपालमै युवाहरुको श्रमलाई सदुपयोग गरि देश विकासमा महत्वपुर्ण भुमिका खेल्न आग्रह गरे । अन्ध बिश्वांस, लैंगिक हिंसा, जातीय विभेद तथा छुवाछुत बिरुद्धमा युवा अभियानमा युवाहरुको भेलामा छुवाछुत, दाइजो प्रथा, लैंगिक बिभेद तथा बिभिन्न कुरीतिहरु अन्त्य गर्न युवाहरुले प्रतिबद्धता ब्यक्त गरे ।

मायादेवी गाउँपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालीकाका वडाहरुमा गई कुरीति बिरुद्ध जनचेतना फैलाउने गरि समुह गठनसमेत गरिएको छ । युवाहरुले आफ्नो वडा वडामा गई समाजका विकृति बिसंगति रोक्न सक्दो सहयोग गर्ने भेलामा प्रतिबद्धता ब्यक्त गरेको जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष बसन्त ढकालले बताए ।

अबका युवाहरुले बिगतबाट पाठ सिकि देश विकासमा श्रम खर्चिन पर्ने विभिन्न क्लवका प्रतिनिधिहरुले बताए । बोल्ने बक्ताहरुले युवा देशका कर्णदार भएको हुनले युवा मैत्रि नीति सरकारले बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रदेश नम्बर ५ प्रदेश सभा सदस्य कमला विकले विगतका विभिन्न आन्दोलनको रक्षा गर्नुपर्ने युवाको काँधमा आएको बताइन् । विकले बिगतलाई प्रतिशोधको रुपमा नलिइ अनुभवको रुपमा लिनुपर्ने बताइन् । हामी कुन ठाउँमा थियौं । त्यो हेर्ने होइन बिभेद गर्ने ब्यवस्था राज्यले गरेको थियो त्यो ब्यवस्था अन्त्य गर्नुपर्छ भनेर युवाहरु लागे विकले भनिन्, घर छाडेर युवाहरु राज्यका विरुद्ध लाग्नु भएको थियो उहाँहरुको परिवार थियो हाँसी हाँसी सहिद हुनु भयो आज यो उपलब्धी आएको हो ।

उपलब्धीहरु रक्षा गर्ने काम नेतृत्वलाई झक्झक्याउने काम यरुवाहरुको भएको हुँदा युवाहरु सामाजिक र सांस्कृतिक रुपान्तरणमा सदैव लाग्नु पर्ने उनले बताइन् । जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष बसन्त ढकालले युवाहरुका समस्या समाधानमा जिल्ला युवा समिति रुपन्देही लागेको बताए ।

युवा तथा खेलकुद मन्त्रालयका विषय विज्ञ शुशिल विक, युवा तथा खेलकुद मन्त्रालयका उप–सचिव यमेन्द्र उपाध्याय लगायतले युवाहरुको क्षेत्रमा सरकार काम गर्न सदैव कटिबद्ध रहेको बताए । युवा भेलामा प्रदेश नं.५ का ४० जना युवाहरुको सहभागीता रहेका जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष बसन्त ढकालले बताए ।

युवा भेलामा भगलापुर माध्यमिक विद्यालय शुद्धोधन, रुपन्देही लिला राम न्यौपाने माध्यमिक विद्यालय भैरहवा, केरवानी माध्यमिक विद्यालय देवदह र कान्ती माध्यमिक विद्यालय बुटवलका सामाजिक शिक्षाका शिक्षकहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्