सुत्केरी महिलाको हवाई उद्धार



दार्चुला : महाकाली नगरपालिका-१ की एक सुत्केरी महिलाको हवाईद्धारा उद्धार गरिएको छ ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षिय कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माएकी हुन् ।

छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा उनले बच्चा पाएको बताइएको छ । उनी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन् । रासस

प्रतिक्रिया दिनुहोस्