मालदिभ्समा हालसम्मकै धेरै पर्यटक



माले : क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्समा सन् २०१८ मा मात्र करिब १५ लाख विदेशी पर्यटक पुगेका छन् । एक वर्षमा यति धेरै पर्यटक यस देशमा पुगेको यो पहिलो पटक भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

मालदिभ्सका पर्यटनमन्त्री अलि वाहिदले यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार गत वर्षमात्र यहाँ १४ लाख ८४ हजारजना विदेशी पर्यटक आइपुगेका हुन् ।  यो पर्यटक संख्या सन् २०१७ को भन्दा करिब ६.८ प्रतिशतले बढी हो । 

मालदिभ्स पुगेका पर्यटकमध्ये धेरै चीन र जर्मनीका छन् । मालदिभ्स सरकारले पछिल्ला केही समयमा चीनबाट पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम पनि ल्याएको छ । मालदिभ्स पर्यटकीय देश हो । यहाँको प्राकृतिक सौन्दर्यको आकर्षणका कारण अधिकांश युरोपेली देशका पर्यटक आउने गर्छन् । पछिल्लो समयमा भने मालदिभ्स्मा चिनियाँ पर्यटकहरु बढी मात्रामा पुग्ने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्