पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने, आज यि स्थानमा वर्षाको सम्भावना



काठमाडौं : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक–दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ । अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौंसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन् । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको मौसम
फागुन ११ गते (आइतबार)
दिउँसो :
देशभर आंशिक बदली रहनेछ । साँझपख पहडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

राति : देशभर बदली रहनेछ । पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

फागुन १२ गते (सोमबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहन्छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहन्छ ।

फागुन १३ गते (मंगलबार)
दिउँसो :
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया साफा रहनेछ ।

राति : देशका पहाडी भभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया साफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्