भ्रष्टाचारविरोधी आन्दोलन कुनै हालतमा रोकिदैन : प्रभु साह



रौतहट : नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले भ्रष्टाचारविरोधी आन्दोलन रोक्ने प्रयासलाई विफल पार्ने बताएका छन् ।

रौतहटको मौलापुरको लक्ष्मीनिया माबिमा भएको साक्षारताको लागि सान्स्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भ्रष्टाचार अन्त्य नगरेसम्म समग्र मुलुकको विकास असम्भव रहेको जीकिर गर्दै भ्रष्टाचार रोक्न सबै लाग्नुपर्ने बताए ।

उनले भने, “हिजो जनतामा एक किसिमको अपेक्षा थियो कि मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीव्र गतिको विकास देख्न पाइन्छ । र राजनीतिक परिवर्तनपछि हामीले समृद्धिको जग बसाल्ने प्रयास गरेकै हो । तर विकासका काममा प्रमुख बाधक तत्व बनेको छ भ्रष्टाचार । भ्रष्टाचार हाम्रो समाजको मुख्य शत्रुको रुपमा खडा भएको छ । जसको विरुद्ध हामी लड्नुपर्नेछ र यसका लागि तपाइ हामी सबै लाग्नुको विकल्प छैन ।“

आफुहरुले जारी राखेको भ्रष्टाचारविरोधी आन्दोलनमा बाधाहरु उत्पन्न गराइएको बताउदै अध्यक्ष साहले भने, ूस्थानीय देखि संघसम्म व्याप्त भ्रष्टाचार अन्त्य गर्नका लागि हामी निरन्तर संघर्षमा छौँ । भ्रष्टाचार विरुधको हाम्रो लडाइमा अंकुश लगाउने दुष्प्रयास पनि भइरहेको छ । तर जस्तोसुकै चुनौति आएपनि हामी त्यसको सामना गर्न तयार छौँ र सबै जना त्यसका लागि तयार हुनैपर्छ । देशबाट भ्रष्टाचार हटाएरै छौडछौँ भन्ने सङ्कल्पका साथ सबै जना यसमा लाग्नको लागि अपिल गर्न चाहन्छु ।“कार्यक्रम कै माझ नेता साहले बिधालयको प्रसासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास गरेका छन।

कार्यक्रममा क्षेत्र न ३ का प्रदेश सान्सद कुन्दन कुशवाहा ,मौलापुर नगरपालिकाकी रिना साह ,उपप्रमुख गौरी शंकर जयसवाल ,गरुडा नपाकी उपप्रमुख रङिला देबि जयसवाल ,कटहरियाका समाजसेवि नश्रुदिन अन्सारी ,योगेन्द्र साह सहित अभिभावकगन ,हजरौ छात्रछात्राको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्