अश्वेत युवाको हत्या गर्ने प्रहरीलाई जेल सजाय



एजेन्सी: अमेरिकाको सिकागो सहरका एकजना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीले जनाएका छन् । श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ वर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो । घटना भएको सिकागो सहर अमेरिकाको तेस्रो ठूलो सहर मानिन्छ ।

म्याकडोनाल्डले २० अक्टोबर २०१४ मा राति एउटा ट्रकमा तोडफोड गरेको उजुरी परेको थियो । त्यतिबेला भान डिके प्रहरी अधिकृतका रूपमा कार्यरत थिए । एक दिन लामो सुनुवाइपछि न्यायाधीशले उनलाई ६ वर्ष ९ महिना लामो जेल सजायको फैसला सुनाएका हुन् । कारावासमा उनले आफ्नो व्यवहार सुधारेमा आधा मात्रै सजाय पनि हुन सक्ने फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्