घाँस काट्न गएकी महिलाको चट्याङ लागेर मृत्यु



वीरगन्ज : पर्सामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्न गएका बेला चट्याङ लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ४ देउरवाना निवासी ४७ वर्षिय अमिया खातुनको मृत्यु भएको हो ।

मंगलबार दिउँसो घरबाट दुई सय मिटरको दुरीमा रहेको खेतमा घाँस काट्न गएको बेला चटयाङ लागेर खातुन गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले बताए ।

मृतक खातुनको शव पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको र पोष्ट मार्टम पश्चात् शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्