जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



गुल्मी : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई मंगलबार बेलुका पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका-३ घर भई गुल्मी रुरु गाउँपालिका-४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढा रहेका छन् ।

बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्