ब्राजिलमा पनि कोरोना संक्रमण : चीनमा घट्दै, अन्य मुलुकमा बढ्दै


एजेन्सी : चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।

आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने ४४ देशहरुमा ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये धेरै चीनमा रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा कोरोनाभाइरसबाट संक्रमित हुने नयाँ रोगीको सङ्ख्या ४११ भएको जनाएको छ भने चीनबाहिर यो सङ्ख्या ४ सय २७ रहेको थियो ।

‘हिजो पहिलोपटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको थियो,’ डब्लुएचओका निर्देशक टेद्रोस अधानोम घेब्रेसियसले बुधबार भनेका थिए ।

विश्वब्यापीरुपमा कोरोनाभाइरस फैलिन थालेपछि बुधबार चीनले कोरोनाप्रभावित बाहिरी मुलुकबाट आफ्नो राजधानी बेइजिङमा आउने नागरिकहरुलाई १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’ मा जाने घोषणा गरेको छ ।

यता, ब्राजिलमा इटालीबाट फर्किएका एक ६१ वर्षीय बृद्धमा कोरोनाभाइरस देखिएको जनाएको छ । इटाली युरोपमा कोरोनाभाइरसको ‘हटस्पट’ बनेको छ ।

ग्रीसमा पनि बुधबार पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको छ भने स्पेन, क्रोएसिया, अस्ट्रिया, उत्तर मेसेडोनिया र अल्जेरियामा पनि संक्रमित फेला परेको बताइएको छ ।

इटालीमा हालसम्म ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन् भने १२ जनाले ज्यान गुमाइसकेका छन् । मध्यपूर्वमा इरान कोरोनाको केन्द्रविन्दु बनेको छ । त्यहाँ १ सय ३९ जनामा यो रोग देखापरेको छ भने १९ जनाले यसबाट ज्यान गुमाएका छन् ।

उता, चीनपछि दक्षिण कोरिया सबैभन्दा प्रभावित देखिएको छ । बुधबार त्यहाँ २ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको सङ्ख्या १२ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका ३ सय ५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९

धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु