सवारी दुर्घटनामा नेकपा मालेका महासचिव मैनाली घाइते



महोत्तरी : महोत्तरीको बर्दिवास स्थित रातो पुलमा कार र बसको ठक्करबाट नेकपा मालेका महासचिव एवं पूर्व मन्त्री सिपि मैनाली सहित केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार बा ७ च २१२० नम्बरको कार बर्दिवासबाट पश्चिम तर्फ जाने क्रममा बर्दिवास तर्फ आउँदै गरेको ना ४ च ७६६८ नम्बरको भ्यानले ठक्कर दिँदा मैनाली घाइते भएका हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका हुन् ।

घाइतेहरुको अहिले बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । मैनालीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्