ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते



सिरहा : कर्जन्हा नगरपालिका-४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बिग्रिएर सडक किनारमा रोकिराखेको ना ३ ख ९०२४ नं.को ट्रकमा स ८ प ७७१२ नं.को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका-८ का ४० वर्षिय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका-८ का २७ वर्र्षिय सोनिया दास घाइते भएको र उनको फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्