निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाँडै जग्गा प्रबन्ध मिलाऊ : कांग्रेस



काठमाडौं : कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ढिला नगरी आवश्यक जग्गा प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समितिको बैठले यस्तो निर्णय गरेको हो। 

 

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाको प्रस्तावमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा छलफल आवश्यक रहेको भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता भएको छ। ‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समितिको बैठक पनि निजगढ विमानस्थलको निर्माण गर्ने एक दशक पुरानो हाम्रो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी छ।’, विज्ञप्तिमा जनाएको छ। 

 

तर, विमानस्थलका लागि आवश्यक पर्ने जग्गाभन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति कांग्रेसले आपत्ति जनाएको छ। आवश्यक पर्ने जग्गा, आयोजनका सम्बन्धमा उत्पन्न विवाद, लगानी सुनिश्चितता तथा निर्माणको ‘मोडालिटी’बारे राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्नेगरी गति बढाउन कांग्रेसले सरकारलाई अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड