बूढासुब्बा गोल्डकप : पुलिस फाइनलमा



काठमाडौं : २२ औं बूढासुब्बा गोल्डकप फुटबलमा मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा आज भएको सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो।

खेलको निर्धारित समय गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्