अबैध हतियार र मदिरा वरामद



जनकपुरधाम : धनुषामा प्रहरीले अबैध हतियार र मदिरा वरामद गरेको छ ।

धनुषाधाम नगरपालिका-८ मुलाबारीमा कच्ची सडकको छेउमा कटुवा पेस्तोल १ थान र सोमा लाग्ने गोली १ थान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाँदा धनुषाधाम जाने कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा फेला परेको र सोहि स्थान बस्ने लक्ष्मी नारायण मण्डलको घर अगाडी वेबारिसे अबस्थामा राखिएको ५३-०-४५२ नं.को निलो प्लेटको मोटरसाईकल समेत बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जय राज सापकोटाले जानकारी दिए ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय महेशपुरपतारी र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाँउपालिका-१ र मिर्चैया नगरपालिका-३ बाट अबैध रुपमा बिक्री बितरण गर्न राखिएको ६ सय ३० लिटर तयारी मदिरा र कच्चा पदार्थ ८ हजार लिटर,लमदिरा बनाउनका लागी प्रयोग गरिएका भाडा वर्तन ३५ थान नियन्त्रणमा लिएर स्थानियवासी एवं वडा अध्यक्ष सहितको रोहबरमा नष्ट गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्