राष्ट्रिय सभामा बामदेव, अर्थमन्त्रीमा खतिवडा नै दोहोरिने



काठमाडाैं : राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ ।

पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको हो ।

यसअधि गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने पार्टीको सिफारिस आफूलाई अमान्य हुने प्रधनमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएपछि विवाद चुलिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले उपाय सुझाएपछि उनकै पहलमा पार्टीको विवाद साम्य भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्