शिशु हत्याका अभियुक्त १० वर्षपछि पक्राउ



रुकुमः शिशु हत्याका एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । अदालतबाट दोषी ठहरिएका बाँफिकोट गाउँपालिका–७ मग्माका डम्बर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

२०६६ साल असोज २३ गते रूकुम जिल्ला अदालतबाट शिशु हत्याको दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजायँ तोकिएका खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । घटनापछि खत्री फरार रहेको  र अहिले घर आएको थाहा पाएपछि गिरफ्तार गरेको प्रहरीले बताएको छ ।

त्यही ठाउँकी ३४ वर्षीया घिउकुमारी परियारसँगको अवैध सम्बन्धबाट ०६५ साल जेठ २३ गते जन्मिएको बच्चालाई त्यही दिन हत्या गरेको भन्दै दुबैजना विरूद्ध उजुरी परेपछि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्