अमेरिकाले कामदान लैजान एचवान बी भिसा खुल्ला गर्दै, आवेदन अनलाइनमार्फत



काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गरेसँगै नेपाली नागरिकले आगामी मार्च १ देखि अनलाईन आवेदन दिन सक्नेछन् ।

सन् २०२१ का लागि अमेरिकाले उक्त भिसा खुल्ला गरिएको हो ।

युएससीआईएसका अनुसार मार्च १ देखि खुल्ला हुने उक्त आवेदन मार्च २० सम्म दर्ता गरिसक्नुपर्ने छ । अनलाईन आवेदन मध्याह्न १२ बजेबाट शुरु हुनेछ ।

भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

तर, उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्