किसानलाई आधुनिक कृषि औजार वितरण



कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा ९ लाख ५० हजार मूल्य बराबरको कृषि औजार र मिनीटिलर (हाते ट्रयाक्टर) उपलव्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत नमूना बचत कृषक तरकारी पकेट समितिलाई सो मूल्य बराबरको कृषि औजार र मिनिटिलर उपलव्ध गराएको हो ।

समितिका सचिव गयाप्रसाद चौधरीका अनुसार परियोजना अन्र्तगत समितिलाई ३ वटा २२ हर्स पावरका मिनीटिलर, आधुनिक तरिकाले तरकारी खेती गर्न १० वटा पोलिहाउस, १५ वटा इलेक्ट्रि स्प्रे टङ्की, उत्पादीत तरकारी राख्न प्रयोग हुने ९० वटा क्रेट, १ लाख मूल्य बराबरका उन्नतजातको तरकारीको बीउ र ४५ हजार मूल्य बराबरको सुक्ष्म तत्व उपलव्ध गराएको छ ।

कृषि औजार, पावरटिलर, बीउविजन, पोलिहाउसका लागि समितिले ४ लाख ५० हजार र परियोजनाले ५ लाख रकम लगानी गरेको छ । समितिमा ३१ किसान आवद्ध छन । ती किसानले अग्र्यानिक तरिकाले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् ।

यस क्षेत्रका किसानले १५ बिघा बढी जग्गामा तरकारी खेती गरेका छन् । तरकारी खेतीका लागि सुन्दरीफाँटा अग्रणी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्